पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो

पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा ९ विकेटको सानदार जीत दर्ता गर्दै शृङ्खलामा १-१ को बराबरी गरेको छ।

यो जितसँगै तीन खेलको शृङ्खला निर्णायक मोडमा पुगेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाको युवा टोलीले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो। उसको ब्याटिङ लाइनअप पाकिस्तानी बलर सामु टिक्न सकेन।

दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक २५ रन बनाए भने डोनाभान फेरेराले १५ रन जोडे।

पाकिस्तानका लागि बलर फहीम अशरफले ३.२ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। यस्तै, उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बनेका सलमान मिर्जाले ४ ओभरमा मात्र १४ रन दिएर ३ महत्वपूर्ण विकेट लिए।

यता १११ रनको सानो लक्ष्य पछ्याएको पाकिस्तानले आक्रामक ब्याटिङ गर्दै १३.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर सैम अयूबले केवल ३८ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७१ रनको अविजित विस्फोटक पारी खेले।

अर्का ओपनर साहिबजादा फरहानले २८ रन बनाएर आउट भएपछि कप्तान बाबर आजम ११ रनमा अविजित रहे। पाकिस्तानले यो जित ४१ बल बाँकी रहँदै सहजै हासिल गर्‍यो।

Logo