नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्चः कन्सल्टेन्ट कोच शक्ति गौचन

नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्चः कन्सल्टेन्ट कोच शक्ति गौचन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर गराउने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् ।

कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्वपूर्ण माध्यम बनेको बताए । उनले भने, “नयाँ युवाहरूले खेलमार्फत आफ्नो परिचय दिने तथा क्षमता देखाउने प्रभावकारी मञ्चका रूपमा एनपिएललाई देख्छु । एनपिएलमा राम्रो गर्ने खेलाडी पक्कै पनि नेपालका लागि प्रतिनिधित्व गर्नेमा हुनेछन् ।”

कोच गौचनले ‘फ्लडलाइट’ नेपाली खेलाडीलाई विदेशमा गएर पनि सहज हुने धारणा राखे । उनले भने, “यसअघि नेपालमा फ्लडलाइट नहुँदा नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न समस्या हुने गरेको थियो । अब कीर्तिपुर रङ्गशालामा फ्लडलाइटमा खेलेर विदेशमा खेल्दा असहज हुने छैन ।”

यसैबीच जारी प्रतियोगितामा पहिलो शतक हिर्काउने कर्णाली याक्सका मार्क वाटले नेपाली दर्शकको मायाप्रति खुसी जनाए । उनले भने “नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक छ । यति धेरै दर्शकमाझ पहिलो शतक बनाउनु विशेष क्षण बन्यो ।” आज भएको पहिलो खेलमा लुम्बिनीमाथि कर्णालीले नौ विकेटको जित निकाल्यो ।

Logo