नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनल आज, सुदूरपश्चिम वा लुम्बिनीमा कस्ले मार्ला बाजी ?

नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनल आज, सुदूरपश्चिम वा लुम्बिनीमा कस्ले मार्ला बाजी ?

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनल खेल आज हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी र उपकप्तान दिपेन्द्र नेतृत्वको सुदूरपश्चिम बीचको खेल रोमाञ्चक हुनेछ ।

साविक उपविजेता रहेको सुदूरपश्चिम च्याम्पियन बन्ने दौडमा हुँदा लुम्बिनी पनि इतिहास रच्ने धुनमा मैदानमा उत्रिदैछ । दुबै टोलीको भाग्य र भविष्य बदल्नेछ । साविक उपविजेता सुदूरपश्चिम उपाधि पाउने इच्छ्याका लागि घाइते बाघ समान हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्संग स्तब्ध हुँदै उपाधी चुम्न असफल सुदुरपश्चिम यसपटक मौका गुमाउँन चाहदैन ।

आज शनिबार दिउसो ३ः३० सुरु हुने फाइनल खेलमा लुम्बिनी लायन्स साइलेन्स किलरका रुपमा देखा परेको भने इतिहास रच्न चाहान्छ । दुबै टोली निकै बलिया र उत्कृष्ट देखिएका छन् । सुदुरपश्चिम सुरुवात देखि बलियो देखिदा लम्बिनीले पछिल्ला खेलमा उत्कृष्ट कमब्याक गरेको छ । पछिल्ला पाँच खेलमा सुदुरपश्चिमले एक खेल हार्दा शुरुवातका खेल हारे पनी लुम्बिनीले लगातार पाँचै खेलमा जित निकालेको छ ।

सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सहित विनोद भण्डारी, हरमित सिंह, अभिनाश बोहोरा, स्कट कुग्लेजेन प्रमुख हतियार हुनेछन् । साथमा इशान पाण्डे, नरेन साउँद र अरिफ शेखले महत्वपुर्ण भुमिका निभाइरहेका छन् । लुम्बिनीका लागि कप्तान रोहित पाैडेल, शेर मल्ल, रुवेन ट्रम्पलमेन, डेरी सट, जेजे स्मिथ प्रमुख हतियार हुनेछन् । साथमा अभिषेश गौतम, तिलक भण्डारी, सन्दीप जोराको पनि उत्तिकै जिम्मेवारी हुनेछ । सुदुरपश्चिम बलिङ, ब्याटिङ र फिल्डिङ अब्बल देखिएको छ । लुम्बिनीले बलिङमा अलि बढि उम्दा अनि ब्याटिङमा ठिकठाक देखिन्छ । तुलनात्मक रुपमा सुदुरपश्चिम बलियो देखिए पनि लुम्बिनी साइलेन्स किलरको रुपमा देखा परेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका अलराउन्डर दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदुरपश्चिम रोयल्सले समुह चरणमा ७ खेलमा ६ जित र एक हार व्यहारेको नतिजा छ । क्वालिफायर–१ मा विराटनगर किङ्सलाई ७७ रनले पराजित गरेको सुदुरपश्चिम च्याम्पियन नजिक पुगेको हो । बलिङ, ब्याटिङ र फिल्डिङमा उम्दा देखिएको सुदुरपश्चिमको अग्नि परिक्षा शनिबार हुनेछ ।

र्हेनुहोस् सुदूरपश्चिमको को सँग जित ? को सँग हार ?
–क्वालिफार– १ मा विराटनगर माथि ७७ रनको जित , लिग चरणमा – चितवन राइनोज माथि ४९ रनको जित, – जनकपुर बोल्ट्स माथि ६ विकेटको जित, – लुम्बिनी लायन्स माथि ७ विकेटको जित, – कर्णाली याक्स माथि ४५ रनको जित, – पोखरा एभेन्जस माथि १८ रनको जित, – काठमाडौँ गार्खाज माथि २९ रनको जित, – विराटनगर किङ्ससँग ६ विकेटको हार ।
लुम्बिनी लायन्सको हालसम्मको नतिजा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी लायन्सले लिगचरणमा चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको थियो । इलिमिनेटरमा काठमाडौँ गोर्खाज माथि ४ विकेट र क्वालिफायर–२ मा विराटनगर किङ्स माथि ४० रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । बलिया टोलीलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनी च्याम्पियनतर्फ अग्रसर देखिन्छ ।

लुम्बिनीको कोसँग जित ? कोसँग हार ?
– इलिमिनेटरमा काठमाडौँ गोर्खाज माथि ४ विकेटको जित, – क्वालिफायर–२ मा विराटनगर किङ्स माथि ४० रनको जित लिग चरणमा, – जनकपुर बोल्ट्स माथि ४ विकेटको जित, – विराटनगर किङ्स माथि ५ विकेटको जित, –पोखरा एभेन्जस माथि ३ विकेटको जित ,– चितवन राइनोज माथि ६ विकेटको जित, – सुदूरपश्चिम रोयलससँग ७ विकेटको हार, – काठमाडौँ गोर्खाजसँग २२ रनको हार, – कर्णाली याक्ससँग ९ विकेटको हार रोहित, दिपेन्द्र र विनोद उत्कृष्ट खेलाडीको दौडमा
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउनेछन् । यो रेसमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी, लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र सुदूरकै विकेटकिपर विनोद भण्डारी छन् ।

रोहितले बलिङ, ब्याटिङ र कप्तानी भुमिकामा अब्बलता देखाएका छन् । ९ खेलमा २ सय ६० रन प्रहार गरिसकेका छन् । सर्वाधिक रनको तेस्रो नम्बरमा रहेका रोहितले ७ विकेट समेत लिएका छन् । विनोद भण्डारीले सुदुरपश्चिमलाई फाइनलमा पुर्याउन नायकी प्रदर्शन गरिरहेका छन् । ओपनर ब्याट्सम्यानको भुमिका देखिने विनोद विकेट किपर पनि हुन् । ८ खेलमा २ सय ६४ रन प्रहार गरेर सर्वाधिक रनको दोस्रो स्थानमा रहेका भण्डारी कारका दाबेदार हुन् । सुदुरपश्चिमका कप्तान दिपेन्द्र अघिल्लो बर्षका कार विजेता खेलाडी हुन् ।

यसपटक पनि बलिङ, ब्याटिङ र फिल्डिङमा छाइरहेका दिपेन्द्र करणको दौडमा छन् । ८ खेलमा १ सय ४९ रन प्रहार गरेको दिपेन्द्रले ८ विकेट पनि लिएका छन् । फिल्डिङमा उनको कमाल प्रदर्शन रहेको छ । एनपीएल सिजन–२ को सर्वाधिक रनको शिर्ष स्थानमा पोखरा एभेन्जसका एडम रिसिङ्टोन रहेका छन् । उनले ७ खेलमा ३ सय २३ रन प्रहार गरका छन् ।

एनपीएल सिजन–२ मा सर्वाधिक विकेट लिनेको शिर्ष स्थानमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने रहेका छन् । सन्दीपले ९ खेलमा १७ विकेट लिएका छन् । उनी पनि उत्कृष्ट खेलाडीको रेसमा छन् तर प्रतियोगिताबाटै बाहिरिएपछि अन्य खेलाडीको सम्भावना बढेको छ । सर्वाधिक विकेटको दोस्रो नम्बरमा रहेको सुदुरपश्चिमका बल अविनाश बोहोरालाई सन्दीपलाई पछि पार्दै सर्वाधिक विकेट लिने खेलाडी बन्ने अवसर छ । ८ खेलमा १६ विकेट लिएर दोस्रो स्थानमा रहेका अविनाशलाई फाइनल खेलमा दुई विकेट लिएर सर्वाधिक विकेटको ताज लिने अवसर रहेको छ ।

नयाँ च्याम्पियन
पहिलो संस्करणको नेपाल प्रिमियर लिगेको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । ऐतिहासिक उपलब्धी हासिल गरेको जनकपर दोस्रो सिजन पुछारमा रहँदै प्रतियोगिता अन्त्य गर्योे । यस्तो अवस्थामा दोस्रो सिजन नयाँ टोली च्याम्पियन हुनेछन् । शनिबार सुदूरपश्चिम वा लुम्बिनी कसको भाग्य खुल्नेछ प्रतिक्षाको विषयका बनेको छ ।

Logo