रोहितको ह्याट्रिक विकेटले संकटमा सुदूरपश्चिम, ४४ रनमै ब्याटिङलाइन ध्वस्त

रोहितको ह्याट्रिक विकेटले संकटमा सुदूरपश्चिम, ४४ रनमै ब्याटिङलाइन ध्वस्त

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध निकै कमजोर प्रदर्शन गरेको छ । रोयल्सको इनिङ्सको ११ ओभरको समाप्तिसम्ममा मात्र ४४ रन बनाउँदा ६ महत्त्वपूर्ण विकेट गुमेको छ। लुम्बिनी लायन्सका बलरहरूको कसिलो आक्रमणसामु सुदूरपश्चिमका ब्याट्सम्यानहरू टिक्न सकेनन्।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको सुरुवातबाटै विकेट पतन सुरु भएको थियो। ९.३ ओभरमा ३ विकेट गुमाएर ३५ रन बनाएको अवस्थाबाट रोयल्सको इनिङ्स थप ओरालो लागेको हो।

कप्तान दीपेन्द्र सिंह ऐरी १३ बलमा ५ रन बनाएर रुबेन ट्रम्पलम्यानको बलमा क्याच आउट भए। पाँचौँ विकेटमा ओपनर ईशान पाँडेले एक छेउ सम्हाले पनि रनरेट बढाउन सकेनन् र २० रन बनाएर रोहित पौडेलको शिकार बने।

छैटौँ विकेटमा लगत्तै, मध्यक्रमका ब्याटर पुनित मेहरा पनि खाता नखोली रोहित पौडेलकै बलमा आउट हुँदा टोली निकै ठूलो सङ्कटमा परेको छ। यासँगै रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् ।

Skip This
Skip This
Logo