काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (NPL) को फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि एकतर्फी दबाब कायम गरेको छ ।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई मात्र ८६ रनको सामान्य लक्ष्य दिएपछि लुम्बिनीका ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका छन् ।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर दिनेश अधिकारीले मात्र १२ बलमा ५ छक्का र १ चौकाको मद्दतले ४२ रनको विशाल पारी खेलिरहेका छन् । उनको स्ट्राइक रेट ३५०.०० रहेको छ । अर्का ओपनर डी’आर्सी सर्टले १२ बलमा १४ रन जोड्दै अधिकारीलाई दह्रो साथ दिएका छन् ।
सुरुवाती ४ ओभरमा सुदूरपश्चिमका बलरहरू—दीपेन्द्र सिंह ऐरी (२७ रन), स्कट कुगलाइन (२२ रन) र हरमीत सिंह (८ रन)—लुम्बिनीका ब्याट्सम्यानसामु निरिह देखिएका छन् ।
यसअघि, टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो । लुम्बिनी लायन्स अब यो लक्ष्य केवल ४ ओभरमा आधाभन्दा बढी पूरा गरेर उपाधि जित्ने संघारमा पुगेको छ ।































प्रतिक्रिया