आईपीएलमा आज नयाँ सुरुवातको खोजीः लखनउ र दिल्ली आमनेसामने

आईपीएलमा आज नयाँ सुरुवातको खोजीः लखनउ र दिल्ली आमनेसामने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा दुई टोली आफ्नो विगत सुधार्ने दबाबसहित मैदान उत्रँदै छन्। लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीचको प्रतिस्पर्धा केवल अंकका लागि मात्र होइन, आत्मविश्वास पुनःस्थापनाको परीक्षा पनि बन्नेछ।

गत सिजन दुवै टोलीको यात्रा अपेक्षाअनुसार सफल हुन सकेन। लखनउ सातौँ स्थानमा सीमित रहँदा दिल्ली पाँचौँमा रोकिनुप¥यो। त्यसैले यसपटक दुवै टोली सुरुमै जित निकाल्दै सन्देश दिन चाहन्छन् कि उनीहरू उपाधि होडका गम्भीर दाबेदार हुन्।

इतिहासले पनि यी दुवै टोलीलाई अझै ‘प्रतीक्षारत’ सूचीमै राखेको छ। आईपीएलको लामो यात्रामा सहभागी भए पनि लखनउ र दिल्ली दुबैको हातमा उपाधि परेको छैन। दिल्ली एकपटक फाइनलसम्म पुगेको अनुभव बोकेको छ भने लखनउको उत्कृष्ट प्रदर्शन प्लेअफसम्म सीमित छ।

भारतको रत्न श्रीअटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। आजको नतिजाले केवल अंक तालिकामा मात्र होइन, दुवै टोलीको मनोबलमा पनि प्रारम्भिक दिशा तय गर्नेछ।

Skip This
Skip This
Logo