काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले विश्व क्रिकेट लिग डिभिजन–२ को खेल तालिका सार्वजनिक गरेको छ ।
शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, चौथो खेलमा २९ गते केन्यासँग र पाँचौं तथा अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।
ओमान र क्यानडा डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन–२ मा छानिँदा नेपाल, केन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका हुन् । प्रतियोगिता माघ २५ देखि नामिबियामा हुँदैछ ।





























प्रतिक्रिया