बार्सिलोना र चेल्सी विजयी

बार्सिलोना र चेल्सी विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा गएराति बार्सिलोना र चेल्सी विजयी भएका छन् ।

यसैगरी समुह ‘जी’ को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई २–१ ले पराजित गरेकाे छ । खेलको चौथो मिनेटमा नै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६५ औं मिनेटमा भने बार्सिलोना अग्रता दोब्बर पार्न सफल रह्यो । अन्सु फातीको क्रसमा जेरार्ड पिकेले हेडरमार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

७५ औं मिनेटमा घरेलु टोली किएभले १ गोल गर्दै खेल २-१ ले बार्सिलोनालाई सुम्पेकाे हाे । यस जितसँगै बार्सिलोना शत प्रतिशत जितको नतिजा कायम राख्न सफल रह्यो । त्यस्तै समुह ‘इ’ को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले पराजित गरेकाे छ ।

 

Logo