विश्वकप विजेतालाई विशेष औंठी

विश्वकप विजेतालाई विशेष औंठी

केन्द्रबिन्दु
0
Shares

न्युयोर्क । अर्जेन्टिना र स्पेनबीचको विजेता खेलाडीलाई विश्व फुटबलको सर्बोच्च संस्था फिफाले विश्वकप विशेष औंठी प्रदान गर्ने भएको छ । अमेरिकाको खेलकुदमा विजेतालाई औंठी दिने चलन छ । एनएफएलको सुपरबल विजेता खेलाडीलाई औंठी दिँदै आएको परम्परा छ ।

फिफाले २०२६ को संस्करण भएकाले २०२६ नै औंठी तयार पारेको जनाएको छ । विश्व च्याम्पियन टोलीका ३० सदस्यलाई यो औंठी प्रदान गरिनेछ भने १ हजार ९ सय ९६ औंठी बिक्रीमा राखिनेछ । प्रत्येक औंठीमा विश्वकप ट्रफीको डिजाइन र ब्यान्डमा एक गहिरो लेखाइ समावेश गरिएको छ ।

फाइनलका प्रमुख अतिथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने भएको बीबीसीले जनाएको छ । उनले नै विजेतालाई ट्रफी प्रदान गर्नेछन् । यस विश्वकपका अहिलेसम्म १ सय २ खेलमा ट्रम्प उपस्थित थिएनन् । उनले अमेरिकाको खेल पनि मैदानमा गएर हेरेका छैनन् ।

Logo