खेलकुद मन्त्रालय कांग्रेसको भागमा

खेलकुद मन्त्रालय कांग्रेसको भागमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १० साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार तत्कालै विस्तार हुँदैछ । गठबन्धन सरकार भएको हुनाले कुन दलले कुन र कति मन्त्रालय पाउने भन्ने कुरा करिब समाप्त भइसकेको छ । अन्यथा भएन भने भोलि बुधबार मन्त्रिमण्डल विस्तार हुनेछ ।

नयाँ मन्त्री पाउने विभिन्न मन्त्रालयमध्ये एक हो, युवा तथा खेलकुद मन्त्रालय । यो मन्त्रालय यसपटक नेपाली कांग्रेसको भागमा परेको छ । अर्थात्, नेपाली खेलकुदले अब कांग्रेस मन्त्री पाउने भएको छ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले यसअघि यो मन्त्रालय लिएपनि उसले यसपटक त्यति रुचि नदेखाएको स्रोतको दावी रहेको छ ।
पछिल्ला समयहरूमा कांग्रेसबाट बलबहादुर केसी र पूर्णबहादुर खड्काले केही वर्ष खेलकुद मन्त्रालय चलाइसकेका हुन् । देशका गृहमन्त्रीसमेत भइसकेका खड्का र ठूलो मन्त्रालयमा आँखा लगाइरहेका केसीले यो मन्त्रालयमा आउने बारे चासो देखाएका छैनन् ।

यसको अर्थ, खेलकुदले अब नेपाली कांग्रेसबाट नितान्त नयाँ अनुहार पाउने भएको छ । संभवत मन्त्रीको सूचीमा परेको खण्डमा वीरबहादुर बलायर, राजन केसी वा वाध्य भएर कोही जाने संभावना छ ।

Skip This
Skip This
Logo