यू १९ विश्वकप छनोटमा नेपालसामू अफगानिस्तानको १९६ रनको लक्ष्य

यू १९ विश्वकप छनोटमा नेपालसामू अफगानिस्तानको १९६ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौ‌ं, १० साउन । 

यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानले खेल जित्न नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानबाट इब्राहिम जादरानले शतक प्रहार गरे। । छैटौं विकेटका रुपमा साहब आलमको बलमा  दिपेन्द्र सिंह ऐरीले क्याच गर्नुअघि ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए ।

अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए । नेपालका साहब आलमले ४ विकेठट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए । 

Logo