केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।
नेपाल सोतोकान कराते संघ (एस.के.आई.) को अध्यक्षतामा हेम कुमार श्रेष्ठले निरन्तरता पाएका छन् । संघको दोश्रो साधारण सभा तथा निर्वाचनले श्रेष्ठलाई निरन्तरता प्रदान गर्नुका साथै बरिष्ठ उपाध्यक्ष, महासचिव र एक सदस्यलाई पनि निरन्तरता प्रदान गरेको छ ।
निरन्तरता पाउनेमा बरिष्ठ उपाध्यक्ष प्रमिला सिंह, महासचिव भुमिका लिम्बु सुब्बा र सदस्य त्रिलोचन कृष्ण श्रेष्ठ रहेका छन् ।
श्रावण ७ गते भएको संघको निर्वाचनले उपाध्यक्षमा रामबहादुर के.सी, सचिवमा हरिबहादुर थापा मगर र कोषाध्यक्षमा जलद राजबैद्यलाई निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा प्रमोद बर्देवा, दयाराम भट्टराई, लिला राज डाँगी, राजेन्द्र बहादुर दुलाल, नविन दाहाल, नेहा राज्यलक्ष्मी शाह, अशु चन्द, जय कुमार तामाङ्ग र महेश प्रसाद पौड्याल चयन भएका छन् ।































प्रतिक्रिया