आजदेखि एसियन भारोत्तोलन खेल

आजदेखि एसियन भारोत्तोलन खेल

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्दु संवाददाता । ६ साउन, काठमाडौं ।

युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता 

एसियन महिला तथा पुरुष (युथ तथा जुनियर) भारोत्तोलन प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।  प्रतियोगितामा साउथ एसिया, इस्ट एसिया, मिडल इस्ट एसिया, सेन्ट्रल एसियाबाट ३३ राष्ट्रका पाँचसय खेलकर्मी सहभागी हुने नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले जनाएका छन् । 

संसारमा नै भारोत्तोलन खेलको पावर हाउस मानिने महादेश एसिया नै भएको हुनाले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन जस्ता खेलाडीहरु पनि उक्त प्रतियोगितामा सहभागि हुने छन् । यो प्रतियोगिता आर्मी फिजिकल एण्ड ट्रेनिङ कम्प्लेक्स सातदोबाटोमा हुने छ । नेपालमा आयोजना हुने यो खेल ठूलो र बृहत्त मानिएको छ ।   

हुने कार्यक्रम

– १९ औं युवा एसियन भारोत्तोलन प्रतियोगिता ।

– २४ औं जुनियर महिला एसियन भारोत्तोलन प्रतियोगिता ।

– ३१ औं जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता ।

समय – ६ साउन देखि १४ सम्म । (सन् २०१७ जुलाई २१ देखी २९)

जम्मा पदक संख्या
महिला तर्फयुथ स्वर्ण – २४ रजत – २४, काँश्य – २४ थान जम्मा ७२ थान

जुनियर स्वर्ण – २४ रजत – २४, काँश्य – २४ थान जम्मा ७२ थान
पुरुषतर्फयुथ स्वर्ण – २४, रजत – २४, काँश्य – २४ थान जम्मा ७२ थान

जुनियर स्वर्ण – २४ रजत – २४, काँश्य – २४ थान जम्मा ७२ थान

कुल पदक संख्या : १४४ (महिला) + १४४ (पुरुष) जम्मा  २८८ थान

Skip This
Skip This
Logo