बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा मागेपछि उनले आफ्नो पद छाडेका हुन् ।
राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्ने थिए । उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।
मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको आर्थिक अवस्था पनि पछिल्लो समय कमजोर रहेको छ । सन् २०१४ मा उनी अध्यक्ष बनेका थिए ।
अब नयाँ अध्यक्षको छनोट बाँकी बोर्ड डाइरेक्टरबाट ९० दिनभित्र चुनाव गरेर गर्नुपर्ने छ। एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै बार्टोमेउले ‘यो निर्णय सोँच विचार गरेरै गरेको’ बताएका छन्।





























प्रतिक्रिया