माटोको ढिस्कोले पुरिएर कैलालीमा ३ युवतीको मृत्यु

माटोको ढिस्कोले पुरिएर कैलालीमा ३ युवतीको मृत्यु


कैलालीमा माटोको ढिस्कोले पुरिएर  तीन युवतीको मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको हाे भाे अन्य २ जना घाइते भएका छन् । 

घर लिपपोतका लागि माटो लिन गएका स्थानीय १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

स्थानीय काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । टीकापुर अस्पतालमा घाइते २ जनाकाे उपचार भइरहेको छ ।

Logo