इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले टस जितेर चेन्नई सुपर किंग्सविरुद्ध पहिला ब्याटिङ रोजेकाे छ ।
बैङलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर इसुरु उडानाको स्थानमा अलराउन्डर मोईन अलीलाई मौका दिएको छ । धोनीले टोलीमा दुई परिवर्तन गरेका छन् । स्पिन अलराउन्डर मिचेल सान्टनारलाई तीव्र गतिका बलर जोश हेजलवुडको स्थानमा मौका दिएका छन् । त्यस्तै सार्दुल ठाकुरको स्थानमा मोनु कुमारलाई मौका दिएका छन् ।
बैङलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बैङलोरको प्ले अफमा स्थान लगभग पक्का पक्कि हुने छ । चेन्नई आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने छ ।





























प्रतिक्रिया