भेन्लोकाे पोस्टमा आयाक्सको इतिहासकै धेरै गोल

भेन्लोकाे पोस्टमा आयाक्सको इतिहासकै धेरै गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आयाक्सले इतिहासकै फराकिलो गोल अन्तरले जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३(० ले पराजित गरेको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफमा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे ।  यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक(एक गोल गरे ।

Logo