शनिबारबाट कीर्तिपुरको क्रिकेट रंगशालामा मेयर्स कप क्रिकेट सुरु हुने भएको छ । ५० ओभरको प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । जसमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फागुन २९ गते सम्पन्न हुने प्रतियोगिताका लागि धेरैजसो टीमको घोषणा भइसकेको छ ।
काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा खेल सञ्चालन हुनेछ । पाँच टिमको सहभागिता रहने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । शुक्रबार महानगरमा आयोजना गरिएको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा यस सम्बन्धि जानकारी दिइएको हो ।
प्रतियोगितामा सहभागी खेलाडीले म्याच फी स्वरुप दुई हजार रुपैयाँ पाउनेछन् । संघले खेलाडीहरुलाई खाने बस्ने व्यवस्था गर्नेछ । प्रतियोगिताका लागि करीब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्नेछ । गएको माघ २० गते क्रिकेट सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।





























प्रतिक्रिया