‘सी’ डिभिजन लिग : आज दुई खेल

‘सी’ डिभिजन लिग : आज दुई खेल

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा समूह 'बी' मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । 

दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ए' को विरगंज र झापाबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । विरगंज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

झापा भने पहिलो जितको खोजीमा हुनेछ । उद्घाटन खेलमा झापा खालीबारी युथ क्लबसँग २-१ ले पराजित भएको थियो । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।

Logo