चेल्सीको मुख्य प्रशिक्षकमा थोमल टुचेल

चेल्सीको मुख्य प्रशिक्षकमा थोमल टुचेल

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्वप्रशिक्षक थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि नै टुचेललाई लिएकाे हाे ।

चेल्सीले टुचेललाई सम्झौता बढाउने विकल्पसहित तत्कालका लागि १८ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टिमसँग काम गर्न निकै उत्साहित भएको बताएका छन् ।

जर्मन प्रशिक्षक टुचेलले यसअघि पीएसजीमा रहँदा दुई पटक फ्रेन्च लिग वानको साथै फ्रेन्च कप र फ्रेन्च लिग कप जिताएका थिए ।

Logo