ब्राजिलको लगातार पाँचौ जित

ब्राजिलको लगातार पाँचौ जित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । 

 खेलको ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ५ खेलबाट १५ अंक पुगेको छ । 

Logo