स्कटल्यान्डविरुद्ध क्रोएसियाको सानदार जित
युरोकप २०२० अन्तर्गत मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ ।
समूह डी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको क्रोएसिया समूह उपविजेता भन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
क्रोएसियाले स्कटल्यान्डविरुद्ध १७औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । निकोला भ्लासिचले गोल गरेसँगै क्रोएसियाले अग्रता लिएको हो ।
खेलको ४२औँ मिनेटमा स्कटल्यान्डले बराबरी गोल फर्कायो । स्कटल्यान्डका क्यालम मक्ग्रेगरले बराबरी गोल गरेका थिए ।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा क्रोएसियाले दुई गोल गर्यो । ६२औँ मिनेटमा क्रोएसियाका लुका मोड्रिचले गोल गर्दै खेलमा पुन: अग्रता कायम गरे ।
खेलको ७७औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेसँगै स्कटल्यान्ड ३-१ गोल अन्तरले पराजित भयो ।
यस जितले क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । चेक इंग्ल्यान्डसँग १-० ले पराजित भएपछि क्रोएसियालाई फाइदा पुगेको हो । समान ४-४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अघि बढेको हो ।





























प्रतिक्रिया