ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेकाे छ। सोमबार सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो।
ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो। उनले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए।
कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो।
यस अघि कोपामा अमेरिका फुटबलमा ब्राजिलले पेरुसँग खेलेका ४९ खेलमध्ये ३५ खेलमा जीत निकालेको छ भने पेरुले जम्मा पाँच खेलमा जीत निकालेको छ। नौ खेल भने बराबरीमा सकिएको छ।





























प्रतिक्रिया