अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको नयाँ टी २० बरियतामा नेपालबाट रहेका तीन खेलाडीको बरियता खस्किएको छ।
आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ टी २० बरियतामा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र बलर सन्दिप लामिछानेको बरियता खस्किएको हो।
नयाँ बरियतामा मल्लको दुई स्थान तल झरेर ९७ औं स्थानमा पुगेका छन्। उनको तीन सय ५७ रेटिङ रहेको छ। यस्तै पूर्व कप्तान पारस खड्का पनि तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेका छन्।
युवा खेलाडी कुशल भुर्तेलको बरियतामा भने एक स्थान सुधार भएको छ। उनी हाल ६० औं स्थानमा पुगेका छन्। कुशल बरियतामा भारतीय खेलाडी रिशव पन्त, वेष्ट इन्डिजका पोलार्ड र निकोलस पुरन भन्दा अगाडि रहेका छन्।
यस्तै बलिङमा सन्दिप लामिछाने चार स्थान तल झरेर ८३ औं स्थानमा पुगेका छन्। उनको चार सय पाँच रेटिङ रहेको छ। सोमपाल कामी शीर्ष एक सय बरियतामा पुगेका छन्। उनी हाल ९७ औं स्थानमा उक्लिएका छन्।
विश्व बरियताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान यथावत छन्। दोस्रो स्थानमा पाकिस्ताका बाबर अजाम छन्। बलिङतर्फ शीर्ष स्थानमा दक्षिण अफ्रिकी खेलाडी तबरेज साम्सी छन्।





























प्रतिक्रिया