युएई र ओमानमा संयुक्तरुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउने छन्।
जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्। यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन्।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन्। पहिलो राउण्डको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहनेछन्। अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ।
दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ।
































प्रतिक्रिया