मेस्सीले आँशु पुछेको टिस्यूको मूल्य ११ करोड

मेस्सीले आँशु पुछेको टिस्यूको मूल्य ११ करोड

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनाबाट बाहिरिँदा स्टार खेलाी लियोनल मेस्सीले पत्रकार सम्मेलन गरे । बार्सिलोनासँगकाे बिदाई पत्रकार सम्मेलनमा उनी भावुक बने । उनको आँखामा आँसु छल्किए । उनले त्यसबेला  उनकी श्रीमती एन्टोनेलाले आँसु पुछ्नका लागि दिएकी टिस्यू पेपरकाे मूल्य सुन्दा अचम्म लाग्न सक्छ तर, रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका उक्त टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ ।

मेस्सीले आँशु पछेर फ्याँकेका उक्त टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा अनलाइनमा बिक्रीमा राखिएकाे छ ।  विज्ञापन दिइएको छ । मेकेडुयो नामका व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बिक्रीमा राखेका हुन् । 

लियोनेल मेस्सीले बार्सिलोनाबाट ७७८ खेल खेलेर ६७२ गोल गरेर रेकर्ड बनाएका छन् । 

Logo