अष्ट्रेलियाद्वारा अफगानी महिला फुटबलरको उद्दार

अष्ट्रेलियाद्वारा अफगानी महिला फुटबलरको उद्दार

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाले जोखिममा रहेका अफगानिस्तान महिला फुटबल टिमका खेलाडी, स्टाफसहित ७७ जनाको उद्दार गरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोको अपिलपछि अष्ट्रेलिया सरकारले महिला खेलाडीको उद्दार गरेको हो।

अफगानिस्तानका पूर्वकप्तान खालिदा पोपालले समेत महिला खेलाडीहरु निकै डरमा रहेको र उद्दारको लागि अपिल गरेकी थिइन्। फिप्रोले एक विज्ञप्ति निकाल्दै अष्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरेको छ।

विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरु लुकेर बसेका थिए। तालिबानको इस्लामिक कानूनमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ। महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्षमाथिका छात्राहरु विद्यालय जान नपाउने नियम रहेको छ ।

विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर एक अफगानी युवा फुटबल खेलाडीको मृत्यु भएको थियो। उडिरहेको विमानबाट खसेर १९ वर्षीय फुटबलर जाकी अनवरीको मृत्यु भएको थियो।

Logo