कोहलीले छाडे टी–ट्वान्टीको कप्तानी

कोहलीले छाडे टी–ट्वान्टीको कप्तानी

केन्द्रबिन्दु
0
Shares

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाडेका छन्। कोहलीले बिहीबार सामाजिक संजालबाट टी–ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका हुन्।

कोहलीले युएई र ओमानमा आयोजना हुने टी–ट्वान्टी विश्वकपपछि आफू टी–ट्वान्टीको कप्तान नहुने बताएका छन्। कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए।

अब कोहलीले एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्नेछन्। अब रोहित शर्माले टी–ट्वान्टीको कप्तानी गर्ने बताइएको छ । रोहित भारतीय टिमको उपकप्तान रहेका छन्।

कोहलीको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जीत निकालेको छ। यस्तै ९५ एकदिवसीयमा ६५ जीत निकाल्दा ४५ टी–ट्वान्टीमा २९ जीत निकालेको छ।

Logo