नेपालले आज हङकङविरुद्ध खेल्दै

नेपालले आज हङकङविरुद्ध खेल्दै

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ। बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर  छ। नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।

Logo