युभेन्टसले इटालियन सिरी ए फुटबलमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबारराति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३–२ ले पराजित गरेको हो ।
लिगको पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा युभेन्टसका लागि २८ औँ मिनेटमा माइस किन, ६६ औँ मिनेटमा फेदेरिको किएसा र ७२ माथेज डी लिग्टले गोल गरेका हुन् ।
स्पेजियाका लागि ३३ औँ मिनेटमा इम्यमानुएल गिएसी र ४९ औँ मिनेटमा ज्यानिस एन्टिस्टले गोल गरेका हुन् । जितसँगै युभेन्टसले पाँच खेलबाट पाँच अंक जोडेकाे छ ।





























प्रतिक्रिया