आइपिएलमा कोलकाता नाइट राइडर्स विजयी

आइपिएलमा कोलकाता नाइट राइडर्स विजयी


१४औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

दुबई इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पाएको कोलकाताले २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै कोलकाताले प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

कोलकाताका लागि शुभमन गिलले १० चौकासहित सर्वाधिक ५७ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । नितिश रानाले २५ रन र दिनेश कार्तिकले १८ रन जोडे ।

बलिङतर्फ हैदरावादका जसन होल्डरले २ विकेट, सिद्धार्थ कौल र रसिद खानले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । हैदरावादका लागि केन विलम्सनले सर्वाधिक २६ रन बनाए । अब्दुल समदले २५, प्रियाम गर्गले २१ रन जोडे ।

बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती, टिम साउथी र शिभम माभीले २/२ विकेट लिए ।

१३ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेको कोलकाता अंक तालिकामा चौथो स्थानमा छ । अब कोलकाताले एउटा खेल खेल्न बाँकी छ । हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिएको छ ।

चेन्नई, दिल्ली र बेंगलोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् । अब कोलकाता, पञ्जाब र राजस्थानमध्ये एकमात्र टिम प्ले अफमा जानेछ ।

Logo