ईपीएल क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुने भएका छन्।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन्।
यस्तै आजै हुने दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
चितवन र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ। चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ। यता भैरहवा पनि प्ले अफमा पुगिसकेको छ।
काठमाडौं र पोखराबीचको खेल भने दिउँसो १:३० बजे सुरु हुने तालिका छ। पोखरा प्ले अफमा पुग्न संघर्षरत हुँदा काठमाडौं भने दोस्रो जीतको खोजीमा हुनेछ।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्नेछन्।





























प्रतिक्रिया