साफ च्याम्पियनसीपः भारत र श्रीलंकाकाे खेल गाेलरहित बराबरी

साफ च्याम्पियनसीपः भारत र श्रीलंकाकाे खेल गाेलरहित बराबरी

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्समा जारी साफ च्याम्पियनसीप अन्तर्गत बिहीबार भएको खेलमा भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन्। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।

खेलमा दुवै टिम जीतको खोजीमा थिए । तर, पाएका अवसर सदुपयोग गर्न नसक्दा गोल गर्नबाट उनीहरू चुके।

श्रीलंकाका लागि याे खेलमा ‘गर’ वा ‘मर’ को स्थिति थियो। अघिल्ला दुवै खेलमा पराजित भएकाले उसलाई जीत निकाल्नैपर्ने वाध्यता भए पनि बराबरीमा चित्त बुझाउनु परेपछि उसको फाइनल यात्रा असम्भव बनेको छ।

अर्को तर्फ भारतका लागि पनि नतिजा सुखद भएन। उसले यसअघि बंगलादेशसँग पनि बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसैले ७ पटकको च्याम्पियनको फाइनल यात्रा पनि कठिन बनेको छ। यस नतिजा नेपालका लागि भने अनुकूल  बनेकाे छ। दुईवटा खेल जितेर अंक तालिकाको शीर्षस्थानमा रहेको नेपाल फाइनलको बलियो दावेदार टिम हो।

Logo