सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दैछन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन्।
भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषयसमेत बन्ने गरेको छ। यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन्। समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शिव मन्दिरमा हवन पूजा गरेका हुन्।
हवनमा वृद्धवृद्धासँगै बालबालिकासमेत सहभागी छन्। यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए। भारतीय टोलीको जीतका लागि यो हवन गरेको स्थानीय यादवेन्द्र मेहताले बताए। उनले भारतीय टोलीको जीत निश्चित रहेको दावी पनि गरे।
भारत–पाकिस्तानबीतको खेल हेर्न विभिन्न सहरमा ठूला स्क्रिन पनि जडान गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कुनै पनि प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल आकर्षणको केन्द्र बन्ने गर्छ।एजेन्सी





























प्रतिक्रिया