झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विजय युथ हेटौंडालाई ५-१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो। झापाको जितमा नरेन्द्रमणि लिम्बूले चार गोल गरे। यस्तै श्यामकुमार गोले एक गोल गरे। हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए।
हेटौंडाको यो पहिलो हार हो। पहिलो खेलमा हेटौंडाले काभ्रे भेट्रान्सलाई हराएको थियो। यस जीतसँगै समूह ई मा झापाले ३ अंक जोडेको छ। हेटौंडाको दुई खेलमा ३ अंक छ।
प्रतियोगिताअन्तर्गत आजै भएको खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २-० ले हराएको छ।
लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन्।
एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।





























प्रतिक्रिया