बोरुसियासँग बायर्नको लज्जास्पद हार

बोरुसियासँग बायर्नको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ। 

बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो। बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे।

खेलको दोस्रो मिनेटमा नै  कोउडियो कोनेले गोल गरे। यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो। 

दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए।  हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो। 

Logo