आईसीसी टी- ट्वान्टी विश्वकपमा आज दुई खेल, अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

आईसीसी टी- ट्वान्टी विश्वकपमा आज दुई खेल, अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा शनिवार दुई खेलहरू हुँदैछन् ।  शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साबिक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

शनिवारको दोस्रो खेलमा  इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दै छ ।  दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो ।  न्युज कारखाना

Logo