इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जीत हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ।
शनिबार राति भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेकाे हाे।
लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो।
अन्य खेलमा आर्सनलले लेस्टरलाई २–० ले हरायो। साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ।
खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ। २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ। समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंकसहित चौथो, पाँचौ र छैटौं स्थानमा छन्।





























प्रतिक्रिया