आईसीसी टी-२० विश्वकपः नामिबियामाथि भारतको सानदार जीत

आईसीसी टी-२० विश्वकपः नामिबियामाथि भारतको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जीत निकालेको छ। 

सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो। 

जीतका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍याे। ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए। भारतका ओपनर लोकेश राहुल  ५४ रनमा अविजित रहे।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो। नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए।

भारत ५ खेलमा ३ जीत र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो। नामिबिया ५ खेलमा १ जीत र ४  हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेकाे हाे।

Logo