जुम्लामा भलिबल प्रतियोगिता: महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई

जुम्लामा भलिबल प्रतियोगिता: महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई

केन्द्रबिन्दु
0
Shares

जुम्लामा कात्तिक २५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ। महिलातर्फको उपाधि तातोपानी गाउँपालिकाको टिमले जितेको छ। उक्त प्रतियोगितामा महिलातर्फ बाट चार टिमको सहभागिता रहेको थियो । महिलातर्फबाट द्वितीय गुठीचौर गाउँपालिकाको टिम भएको छ।

त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ। गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो। पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ। मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो।

पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ। प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन्।

द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले बताइन्।

खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ। 

Logo