सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पछिल्लो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरमा पराजित गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५० औं मिनेटमा गोल गर्दै विपिन कँडेलले जावलाखेललाई अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा निकोलस फर्नान्डेसको प्रहारले पोष्टको दिशा लिएपछि जावलाखेल ३ अंक जोड्न सफल भयो ।
जितसँगै जावलाखेलको ७ अंक भएको छ। ऊ नवौं स्थानमा उक्लिएको छ। ८ अंक भएको सातदोबाटो पाँचौ स्थानमा कायम छ ।





























प्रतिक्रिया