विभागीय डर्बीमा आर्मी र एपीएफको बराबरी

विभागीय डर्बीमा आर्मी र एपीएफको बराबरी

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय डर्बीको खेल बराबरीमा सकिएको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको १–१ को बराबरीमा टुंगिएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर सो अग्रता लामो समय टिक्न सकेन। 

त्यसको चार मिनेटपछि नै बिकी तामाङले एपीएफका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दुबै टोलीले सो पछि गोलका केही अवसर बुनेपनि गोल भने गर्न नसक्दा अंक बाड्न बाध्य भए । 

बराबरीपछि आर्मीको ११ र एपीएफको ६ अंक भएको छ। 

Logo