शीर्षस्थानकाे एट्लेटिको म्याड्रिड विजयी

शीर्षस्थानकाे एट्लेटिको म्याड्रिड विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा भ्यालेन्सियामाथि ३–१ को सहज जित हात पार्दै एट्लेटिको म्याड्रिडले दोस्रो स्थानको रियल म्याड्रिडविरुद्ध ७ अंकको स्पष्ट अग्रता लिएको हो ।

खेलको ११औं मिनेटमा युरोस रासिसले जोस गायाको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । २३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा एन्जल कोरेयाले मार्कुस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई ३–१ को जित सुनिश्चित गरे ।

Logo