इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

केन्द्रबिन्दु
0
Shares

डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ। जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसँगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता दूरी घटाएको हो।

यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन्। जितसँगै लिभरपुल २३ खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा यथावत छ। लेस्टर भने  २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ। 

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंकसहित लिभरपुल भन्दामाथि छ।

Logo