अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत् स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत् स्थानमा

केन्द्रबिन्दु
0
Shares

आईसीसीले टी २० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो । 

भारत टी २० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी २० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ । 

वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स यूएई शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ । 

Logo