मार्टिनेजको ह्याट्रिकमा इन्टर मिलानद्वारा सेलनिटानामाथि सानदार जित

मार्टिनेजको ह्याट्रिकमा इन्टर मिलानद्वारा सेलनिटानामाथि सानदार जित

केन्द्रबिन्दु
0
Shares

लौटारो मार्टिनेजको ह्याट्रिकसँगै रेलिगेशनको दबाबमा रहेको सेलनिटानामाथि ५-० को सानदार जितसहित इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। यससँगै इन्टरले सिरी ‘ए’ मा पछिल्लो चार खेलको जितविहिन यात्रामा समेत पूर्णविराम लगाएको छ। मार्टिनेजले डिसेम्बर यता गोल गर्न सकेका थिएनन्। सिरी ‘ए’ मा उनको यो ५०औं गोल हो। 

२७ खेलबाट इन्टरको ५८ अंक छ। समान खेलमा दोस्रो स्थानको नेपोली र एसी मिलानको समान ५७ अंक रहेको छ। चौंथो स्थानको युभेन्टसको ५० र पाँचौं स्थानको एट्लान्टाको ४७ अंक छ।

२२औं मिनेटमा मार्टिनेजले इन्टरका लागि गोल खाता खोलेका थिए। ४०औं मिनेटमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । ५६औं मिनेटमा मार्टिनेजले इन्टरका लागि ह्याट्रिक पूरा गरेका थिए। त्यसको आठ मिनेटपछि इडेन जेकोले इन्टरका लागि चौंथो गोल गरे।

६९औं मिनेटमा जेकोले गरेको गोलमा इन्टर सानदार जित पक्का गर्दै शीर्ष स्थानमा फर्किएको हो।इन्टरले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो खेलमा लिभरपुलको सामना गर्दैछ। पहिलो लेगमा इन्टरले लिभरपुललाई नतिजा सुम्पिएको थियो।

Logo