चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेकाे छ । ताजा अवस्थामा ११ ओभरकाे समाप्तिमा २ विकेटकाे क्षतिमा ५४ रन बनाएकाे छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
यस्तै आजै मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर व्याटिङ गर्ने निर्णय गरेको छ । ताजा अवस्थामा बागमतीले १५ अओभरकाे समाप्तिमा विना विकेट ४२ रन बनाएकाे छ ।
वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ । आजको खेलमा लुम्बिनीलाई पराजित गरे बागमति सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।





























प्रतिक्रिया