विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन २०२६ आयोजना हुने विश्वकपको तीन देशका १६ सहरको नाम टुंगो लगाएको छ ।
ती प्रतियोगिता अमेरिकाको ११ सहरमा आयोजना हुनेछ भने, मेक्सिकोको तीन र क्यानडाको दुई सहरले आयोजनाको जिम्मेवारी पाएका छन् । फिफाका अनुसार एटलान्टा, बोस्टन, डलास, गुआडालाजारा, हस्टन, कन्सास सिटी, लस एन्जलस, मेक्सिको सिटी, मियामी, मोन्टेरे, न्यूयोर्क-न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सिएटल, टोरन्टो र भ्यानकुभरमा खेलहरु खेलाइने छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी १६ फिफा विश्वकप आयोजक सहरहरूलाई उत्कृष्ट प्रतिबद्धता र जोशका लागि बधाई दिन्छौं । आज एक ऐतिहासिक दिन हो, ती सहर र राज्यहरूमा सबैका लागि। क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोसँग मिलेर काम गर्न तत्पर छौं ।’





























प्रतिक्रिया