नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको नाम सार्वजनिक गरको हो ।  

दुई टिमको मालिक भारतीय छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम मालिक छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ । 

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो ।

 जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका) , विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने  जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (रापेख) र आईसिसीले मान्यता दिइसकेको छ । 

Logo