साफ १९ वर्ष मुनिको पुरुष च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदैछ । टोली दिउँसो ३ बजे भारत जाने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए ।
च्याम्पियनसिपका लागि २३ सदस्य राष्ट्रिय टोली घोषणा भइसकेको छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता हुने छन् ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्ने तालिका छ । नेपालले दोस्रो खेलमा जुलाई २७ मा श्रीलंको सामना गर्ने छ । नेपालले जुलाई ३१ मा भारतसँग र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ ।
शीर्ष दुई टोलीबीच उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा हुनेछ ।





























प्रतिक्रिया